Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार जनाले भरे फारम

    कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार जनाले भरे फारम

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 750
    SHARES

    काठमाडौं । भाषा परीक्षा (इपीएस) का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढीको आवेदन परेको छ ।

    अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म एक लाख ४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका हुन् ।



    पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो । अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढी आवेदन परेको वैदेशिक रोजगार विभागका इपिएस शाखाले जनाएको छ ।



    अनलाइन प्रणालीबाट आवेदन दिन सकिने व्यवस्था तीन वर्ष अघिदेखि मात्रै सुरू भएको थियो।

    गत साउनमा सञ्चालन भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने हुँदा यसपालि परीक्षार्थीको संख्या १ लाख ७५ हजार हाराहारीमा पुग्ने दाबी गरिएको छ ।

    दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार