Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हान्‍यो अश्रुग्यास

    प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हान्‍यो अश्रुग्यास

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 471
    SHARES

    काठमाडौं । रोजगारी अनुमति प्रणाली इपीएस परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।

    प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।



    उनीहरूले बालकुमारीसहित सो क्षेत्रको सडक अवरुद्ध पार्दै ढुंगामुढा प्रहार गर्दै आएका छन् । उनीहरूले ललितपुरको बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरिएका थिए ।



    ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए ।

    पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो ।

    पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार