Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – अरूले पिठो बेचे, माओवादीले राम्रो चामल पनि बेच्न सकेन

    प्रधानमन्त्री प्रचण्डले भने – अरूले पिठो बेचे, माओवादीले राम्रो चामल पनि बेच्न सकेन

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 450
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले आफ्नै नेतृत्वको सरकारले गरेको कामलाई राम्ररी प्रचार गर्न नसकेको बताएका छन्।

    जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत बुढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले अरू पार्टीहरूले नगरेका कामलाई पनि गरेँ भनेर प्रचार गर्दा माओवादीले गरेका कामलाई पनि प्रभावकारी रूपमा प्रचार गर्न नसकेको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘अरूले पिठोपनि राम्रोसँग कराएर बेच्दा राम्रो चामल पनि बेच्न नजान्ने भएको हो माओवादी।’

    उनले आफू पहिलो प्रधानमन्त्री बन्दा मध्यपहाडी लोकमार्ग निर्माण, ३० हजार जनाको ऋण मिनाहा, १ लाख भन्दा बढीको ब्याज मिनाहा गरेको बताए।

    त्यस्तै दोस्रोपटक प्रधानमन्त्री बन्दा नेपाललाई लोडसेडिङमुक्त देश बनाएर उज्यालो नेपाल अभियानको थालनी गरेको बताए।

    यसपालि तेस्रो पटक प्रधानमन्त्री हुँदा आगामी डेढ वर्षपछि सिंगो देशभित्र एउटा पनि विद्युत् नपुगेको घर नहुनेगरी काम गरेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार