Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री

    एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 510
    SHARES

    रुकुमपश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोडभन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार ६०० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए । गाउँपालिका भित्र अदुवाखेती गर्ने दुई ६०० घरधुरी रहेका र पाँच हजार २०० रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ ।



    एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उनले जानकारी दिए । प्रत्येक किसानले गाउँबाटै एक क्विन्टललाई रु चार हजारका दरले बिक्री गरेका छन् । अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ ।



    व्यावसायिकरूपमा अदुवाखेती गरेको त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख आम्दानी गरेको बताए । २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दै आएका छन् ।

    यस वर्ष उत्पादन भएको साढे तीन क्विन्टल बीउका लागि र १२ क्विन्टल प्रतिक्विन्टल चार हजारदेखि आठ हजारका दरले बिक्री गरेको उनले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार