Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • वेस्ट ह्यामसँग आर्सनल घरमै पराजित, गुमायो शीर्ष स्थानमा पुग्ने मौका

    वेस्ट ह्यामसँग आर्सनल घरमै पराजित, गुमायो शीर्ष स्थानमा पुग्ने मौका

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 492
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ । ​

    गएराति सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २(० गोल अन्तरले पराजित गरेको हो । वेस्टह्यामको जितमा टोमस सोउक र कोन्सटान्टिनोस माभ्रोपनोसले एक एक गोल गरेका थिए।



    वेस्टहाम युनाइटेडको यो १०औं जित हो । यो जितपछि १९ खेलमा ३३ अंकसहित वेस्टह्याम छैटौं स्थानमा उक्लिएको छ। आर्सनलले भने यो हारपछि शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।



    यो यस सिजनमा आर्सनलको तेस्रो हार हो। १९ खेलमा ४० अंकसहित आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ। लिभरपुल १९ खेलमा ४२ अंकसहित स्पष्ट २ अंकको अग्रतासहित शीर्ष स्थानमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार