Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नटिङ्घम फरेस्टसँग म्यानचेस्टर युनाइटेड पराजित

    नटिङ्घम फरेस्टसँग म्यानचेस्टर युनाइटेड पराजित

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 408
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड फेरि पराजित भएको छ । शनिवारको राति भएको खेलमा युनाइटेड तुलनात्मक कमजोर टोली नटिङ्घम फरेस्टसँग २–१ ले पराजित भएको‌ हो ।

    खेलमा ६४ औं मिनेटमा निकोलस डोमिनगेजको गोलमा घरेलु टोली नटिङ्घमले अग्रता लिएको थियो । तर ७८ औं मिनेटमा मार्कुस रासफोर्डले बराबरी गोल फर्काएका थिए ।



    यद्यपि मोर्गन गिब्स ह्वाइटले ८२ औं मिनेटमा गोल गर्दै नटिङ्घमलाई विजयी बनाए । जारी लिगको युनाइटेडको यो पछिल्ला पाँचौ खेलमा तेस्रो हार हो । युनाइटेड प्रिमियर लिगको सर्वाधिक सफल क्लब हो ।



    नटिङ्घमले २० खेलमा २० अंक बनाएको छ । यस जीतले उ १५औं स्थानमा उक्लिएको छ । समान खेलमा ३१ अंक रहेको युनाइटेड लिगमा सातौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार