Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा यथावत्

    भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा यथावत्

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 906
    SHARES

    काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य घटाएर पठाएको हो ।

    तर, नेपाल आयल निगमले अहिले मूल्यमा कुनै हेरफेर गरेको छैन । निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको हो ।



    इन्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु ०.४१ ले वृद्धि भई आएको र डिजेलको मूल्यमा प्रति लिटर रु ०.१२ ले घटेर आएको छ ।



    त्यस्तै एल.पी. ग्यासको मूल्यमा प्रति सिलिन्डर रु ०.२० ले घटेर आएको छ । निगमलाई हाल एलपी ग्यासमा प्रति सिलिन्डर रु ३००.४१ नोक्सानी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार