Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • शीर्ष स्थानको लिभरपुलसँग न्युक्यासल पराजित

    शीर्ष स्थानको लिभरपुलसँग न्युक्यासल पराजित

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 501
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ ।

    गएराति सम्पन्न खेलमा मोहम्मद सलाहले दुई गोल गरेपछि लिभरपुल ४-२ ले विजयी भएको हो ।



    लिभरपुलको जितमा मोहम्मद सलाहले दुई, कर्टिस जोन्स र कोडी गाक्पोले एक एक गोल गरे ।



    न्युक्यासलको तर्फबाट अलेक्ज्याण्डर इसाक र स्वेन बोटम्यानले गोल गरे ।

    जितसँगै लिभरपुलले दोस्रो स्थानको एस्टन भिल्लासँग ३ अंकको अग्रता लिएको छ । लिभरपुलको २० खेलबाट ४५ अंक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार