Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भारतलाई २० करोड सिधै खर्च गर्न दिने सहमतिमा एमाले सांसद पन्तको आपत्ति

    भारतलाई २० करोड सिधै खर्च गर्न दिने सहमतिमा एमाले सांसद पन्तको आपत्ति

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 531
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौतामा आपत्ति जनाएका छन् ।

    राज्य व्यवस्था समितिको शुक्रबार बिहानको बैठकमा बोल्दै एमाले सांसद पन्तले उक्त विषयमा आपत्ति जनाएका हुन् । यो सम्झौताले देशमा अनावश्यक राजनीतिक हस्तक्षेप बढ्ने उनको आशंका छ ।



    सांसद पन्तले भने, ‘यस सम्झौताले अनावश्यक र अवाञ्छित राजनीतिक प्रभाव, दबाव र हस्तक्षेपलाई निम्त्याउँछ र आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई प्रवेश गर्ने वातावरण बनाउँछ ।’



    भारतीय दूतावासले सुरुमा ३ करोड, ५ करोड हुँदै अहिले २० करोड रुपैयाँसम्म खर्च गर्न पाउने सम्झौताले एकदमै चिन्ता लागेको पन्तले बताए । यो सम्झौताले नेपालको स्वतन्त्र निर्णय गर्न सक्ने अधिकारलाई पनि रोक्ने भन्दै उनले प्रधानमन्त्रीलाई विचार गर्न आग्रह गरेका थिए ।

    भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार