Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मदन पुरस्कार विजेता पूर्वडीआईजी शाहलाई तीन वर्ष जेल सजाय

    मदन पुरस्कार विजेता पूर्वडीआईजी शाहलाई तीन वर्ष जेल सजाय

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 10K
    SHARES

    काठमाडौं । भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय तोकिएको छ ।

    बुधबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले मदन पुरस्कार विजेता साहित्यकारसमेत रहेका शाह र पूर्वसई दिपेन्द्रप्रसाद पनेरूलाई जनही ३ वर्ष कैद सजाय सुनाएको हो ।



    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको पुस ११ गते बुधबारको इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो ।



    दोषी ठहर भए पनि उनीहरुको हकमा सजाय निर्धाणरण गर्न भने बाँकी थियो । आज बहसपछि उनीहरुलाई बिगो जरिवाना र कैद तोकिएको बताइएको छ । उनीहरूलाई बिगो रकम १६ लाख ६९ हजार ०४२ रुपैयाँ जरिवाना र बिगो असुल समेत गर्न अदालतले आदेश दिएको छ।

    जवानको तलब भत्ता हिनामिनामा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक रहेका पूर्व डीआईजी शाहसहित तत्कालीन लेखापाल सई दिपेन्द्रप्रसाद पनेरु, लेखा सहायक हवल्दार केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव विशंखे विरुद्ध २०७६ फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    ऐरी र विशुंखेले सफाइ पाएका छन् । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार