Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गृहमन्त्रीलाई पूर्वडीआईजी शाहले भने – दुनियाँ हुकुमी शासनले चल्दैन, खोक्न र स्टन्ट गर्न बन्द गर्नुस्

    गृहमन्त्रीलाई पूर्वडीआईजी शाहले भने – दुनियाँ हुकुमी शासनले चल्दैन, खोक्न र स्टन्ट गर्न बन्द गर्नुस्

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लक्षित आजको दुनियाँ हुकुमी शासनले नचल्ने टिप्पणी गरेका छन् ।

    गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नासाथ एकपछि अर्को निर्देशन दिइरहेका बेला साहित्यकारसमेत रहेका शाहले उनी लक्षित जे पायो त्यै खोक्न र स्टन्ट बन्द गर्न सुझाव दिएका हुन् ।



    उनले भने, ‘आजको दुनियाँ हुकुमी शासनले चल्दैन मन्त्रीज्यू ! हुकुमी शासन फालेर लोकतन्त्र ल्याएको होइन र ? जे गर्नु छ कानूनअनुसार गर्नुस् । कानून छैन भने बनाएर लागू गर्नुस् ।’



    उनले काम गर्न हल्ला र चटक नगर्नसमेत गृहमन्त्री रविलाई सुझाव दिए । ‘मन्त्री हुनु भनेको सर्कसको चटके होइन । जे पायो त्यै खोक्न र स्टन्ट गर्न बन्द गर्नुस् । सन्दुक रुईत, भगवान कोइराला र कुलमानले स्टन्टबाजी गरेर नागरिकको मन जितेका होइनन् । परिणाम दिएर जितेका हुन् । काम गर्न हल्ला र चटक गर्नु पर्दैन । बेलैमा सद्बुद्धि आओस् ।’

    गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नासाथ उनले पहिलो निर्णय गर्दै निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका थिए । गृहमन्त्री लामिछानेकै निर्देशनमा अहिले केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ ।

    निर्मला पन्तको बलात्कार तथा हत्याको घटना अनुसन्धानका लागि सीआईबीका डीआईजी सिंह नेतृत्वको टोली कञ्चनपुर पुगिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार