Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • जेलेन्स्कीले गरे रुससँगको युद्धविराम अस्वीकार

    जेलेन्स्कीले गरे रुससँगको युद्धविराम अस्वीकार

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 891
    SHARES

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार रुससँग आफ्नो मुलुकको युद्धलाई विराम गर्न अस्वीकार गरेका छन् । इस्टोनिया भ्रमणका क्रममा उनले रुससँगको युद्धविराम अस्वीकार गरेका हुन् ।

    क्रेमलिनको सेनाले किएभका सैनिकहरूलाई पराजित गर्नुअघि युद्धविरामको प्रयोग पछि हट्ने र पुनः सङ्गठित हुनका लागि गर्ने उनले बताए ।



    “युक्रेनी रणभूमिमा युद्धविरामको अर्थ युद्धमा विराम हुने होइन”, उनले भने, “युद्धविराम रुसको हातमा हुनेछ, युद्धविरामले पछि हामीलाई कुल्चन सक्नेछ ।”



    सन् २०२२ फेब्रुअरीमा रुसको पूर्णस्तरको आक्रमणपछि कहिलेकाहीँ सीमित युद्धविरामको प्रस्ताव गरिएको छ तर कहिले पनि यसलाई लागु गरिएको छैन । बाइस महिनाको युद्धपछि र लामो सङ्घर्षको सम्भावनाका साथ दुवै पक्षले आफ्ना हतियार पुनः बढाउन सङ्घर्ष गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार