Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • युक्रेनद्धारा जर्मनी र भारतसहित पाँच देशका राजदूत देशनिकाला

    युक्रेनद्धारा जर्मनी र भारतसहित पाँच देशका राजदूत देशनिकाला

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले पाँच देशका राजदूतलाई देशनिकाला गरेका छन् ।

    चार महिनादेखि जारी युद्धमा रुसले पकड बनाउँदै लगिरहेका बेला राष्ट्रपति जेलेन्सकीले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका हुन् ।



    जेलेन्सकीले चारवटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै देशनिकालाको घोषणा गरेका छन् । जेलेन्सकीले युरोपेली मुलुकहरु जर्मनी, हंगेरी,चेक रिपब्लिक र नर्वेका राजदूलाई बर्खास्त गर्दै देश छाड्ने आदेश दिएका हुन् ।



    युक्रेनमाथि आक्रमणको मामिलामा रसियाको पक्षमा देखिँदै आएको भारतका युक्रेनस्थित राजदूत पनि जेलेन्सकीको निशानामा परेका छन्।

    रसियाले आक्रमण गरेपछि जेलेन्सकीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर सहयोगको गुहार मागेका थिए । तर अर्बौँ डलरको व्यापारिक साझेदार रसियाविरुद्ध राष्ट्रसंघदेखि अन्य अन्तर्राष्ट्रिय फोरममा पनि भारत उभिन तयार भएको थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार