Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बाइडेन पुटिनसँग नडराउने युक्रेनी राष्ट्रपति जेलेन्सकीको विश्वास

    बाइडेन पुटिनसँग नडराउने युक्रेनी राष्ट्रपति जेलेन्सकीको विश्वास

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आफ्ना अमेरिकी समकक्षी जो बाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डराउँछन् भन्ने आफूलाई विश्वास नलागेको दाबी गरेका छन् ।

    जेलेन्स्कीले भनेका छन्,’मलाई बाइडेन पुटिनदेखि डराउँदैनन् भन्ने विश्वास किन लाग्छ भने उनी एउटा ठूलो मुलुकका नेता हुन् ।’



    फक्स न्युजको स्पेसल रिपोर्टमा उनले भनेका छन्, ‘म मेरो मुट्ठी कसिरहेको छु । यो हाम्रो परम्परा हो । मलाई थाहा छैन तपाईंहरूले यो मान्यतालाई बुझ्नु हुन्छ कि हुँदैन ।



    मैले मुट्ठी कस्नु वा औँलाहरू क्रस गर्नुको अर्थ अमेरिकाका कुनै पनि राष्ट्रपति रुससँग डराउँदैनन् भन्न खोजेको हो । किनभने, हाम्रो लागि अमेरिका सदैव प्रजातन्त्रको प्रतीक हो । मलाई विश्वास छ, अहिले युक्रेन पनि स्वतन्त्रताको प्रतीक नै हो ।’

    रुसबाट युक्रेनमा गरिएको आक्रमणको अन्तर्राष्ट्रियजगत्बाट आलोचना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार