Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • युक्रेनी राष्ट्रपतिद्धारा अमेरिकी संसदलाई सम्बोधन, रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउन माग

    युक्रेनी राष्ट्रपतिद्धारा अमेरिकी संसदलाई सम्बोधन, रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउन माग

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गरेका छन् ।

    उनले युक्रेनलाई सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद दिएका हुन् । युक्रेनमाथि रुसी आक्रमण अन्त्यका लागि रुस विरुद्ध थप प्रतिबन्धहरू लगाउन अमेरिकासँग उनले माग गरे ।



    उनले रुसका सबै राजनीतिज्ञहरू विरुद्ध प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । जेलेन्सकीले सबै अमेरिकी कम्पनीहरूलाई रुसबाट फिर्ता बोलाउन समेत सुझाएका छन् ।



    सम्बोधन कै क्रममा जेलेन्स्कीले पर्ल हार्बर ट्विन टावरमा भएको आक्रमण सम्झँदै अहिले आफ्नो देशले दिनदिनै त्यस्तै आक्रमण भोगिरहेको बताएका थिए ।

    उनले रूसी आक्रमणपछिको युक्रेनको अवस्था समेटिएको निकै हृदयविदारक भिडिओ पनि देखाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार