Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • निर्वाचन आयोगले दियो राष्ट्रियसभाका उम्मेदवारलाई चुनाव चिह्न

    निर्वाचन आयोगले दियो राष्ट्रियसभाका उम्मेदवारलाई चुनाव चिह्न

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 375
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

    निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो।



    सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।



    निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन्। उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो।

    आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार छन्। कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छ/छ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

    सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार