Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सातै प्रदेशमा पुग्यो राष्ट्रियसभा निर्वाचनको मतपत्र

    सातै प्रदेशमा पुग्यो राष्ट्रियसभा निर्वाचनको मतपत्र

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 450
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याएको छ।

    निर्वाचन आयोगले सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइएको जनाएको हो ।



    निर्वाचन आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको मतपत्र छापिएको छ ।



    गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको मतपत्र छापिएको छ ।

    कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२०, मधेस प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४०, वाग्मती प्रदेशमा चार पदका लागि आठ प्रकारका एक हजार ७६० मतपत्र पठाइएको उनले बताए ।

    त्यस्तै, गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र, लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र छापिएको छ ।

    कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र पठाइएको छ ।

    १९ राष्ट्रियसभा सदस्य पदका लागि माघ ११ गते मतदान हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । त्यसका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपत्र पठाइएको पन्थीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार