Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मोटरसाइकल चोरेर बेच्ने र किन्ने ट्राफिक प्रहरीको फन्दामा

    मोटरसाइकल चोरेर बेच्ने र किन्ने ट्राफिक प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् ।

    मंगलबार काठमाडौँकोबाट ट्राफिक प्रहरीले मोटरसाइकल चोरीको आरोपमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ का २४ वर्षीय सुरेश विश्‍वकर्मा र तेमाल गाउँपालिका–६ का ३० वर्षीय जितेन्द्र तामाङलाई पक्राउ गरेको हो ।



    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा वाग्मती प्रदेश ०२–०४१ प ००८६ नम्बरको मोटरसाइकल काठमाडौंको टोखाबाट हराएको निवेदन परेको थियो ।



    ट्राफिक प्रहरीले वास्तविक नम्बर परिवर्तन गरी प्रदेश २–०३–००८ प ४२ ४८ नम्बर राखेर चलाइरहेको अवस्थामा सुरेशलाई काठमाडौं महानगरपालिका–१६ स्थित पुरानो गंगाहल नजिकैबाट नियन्त्रणमा लिएको जनाएको छ ।

    अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल जितेन्द्रमार्फत विश्‍वकर्माले खरिद गरेको खुलेपछि आएपछि तामाङलाई पनि काठमाडौंको थापाथलीबाट नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार