Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सरकारले सूचना प्रविधिको विकासलाई उच्च प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री शर्मा

    सरकारले सूचना प्रविधिको विकासलाई उच्च प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 423
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन्।

    सोमवार नेपाल टेलिकमको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले सूचना प्रविधिको आधारभुत पूर्वाधार दूरसञ्चार नै रहेको बताईन् ।



    उनले सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर बिस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरु लक्षित रहेको बताइन् ।

    उनले समग्र दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अघि बढाइरहेको दाबी गरिन् ।

    उनले लाइसेन्स खारेज भएका कम्पनीका सम्पती व्यवस्थापन गर्ने कानून संशोधनदेखि, एनसेलको शेयर बिक्री खरिद प्रकरणमा छानबिन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरिसकेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार