Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • साँफेबगर नगरपालिकालाई टुक्र्याउने प्रस्ताव सर्वसम्मतले पारित

    साँफेबगर नगरपालिकालाई टुक्र्याउने प्रस्ताव सर्वसम्मतले पारित

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 795
    SHARES

    अछाम । अछामको साँफेबगर नगरपालिकालाई टुक्र्याउने सम्बन्धी प्रस्ताव पारित भएको छ ।

    नगरपालिकाका ६ वटा वडाहरूले छुट्टै पालिकाको माग गर्दै पेश गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको हो ।



    नगरपालिकाका विकट वडाहरू ९,१०,११,१२,१३ र १४ लाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव नगर सभाको १२ औँ अधिवेशनले पारित गरेको बताइएको छ ।



    ६ वडा अध्यक्षसहित २४ जना नगरसभा सदस्यहरूले हस्ताक्षर गरेको प्रस्ताव नगरसभामा पेश भएको थियो ।

    नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले सर्वसम्मत पारित गरिएको प्रस्ताव प्रदेशमा पठाउने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार