Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सेयर बजारमा ४ अंकको सुधार, दुई अर्ब ८४ करोडको कारोबार

    सेयर बजारमा ४ अंकको सुधार, दुई अर्ब ८४ करोडको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 318
    SHARES

    काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४.९ अंक बढेर २०९० अंकमा पुगेको छ ।

    यसदिन नेप्से सूचक ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा उक्लिएको हो ।



    आज कूल २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको ७७ लाख ३२ हजार कित्ता सेयर बजारमा कारोबार भएको छ ।



    सबैभन्दा बढी आज पनि हिमालयन रिइन्स्योरेन्सको २४ करोड ८२ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने रिलाइबल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरको र न्यादी ग्रुप पावर लिमिटेडको ६ करोड ५९ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    आज २४७ वटा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको मूल्य घटेको छ ।

    ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

    आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, जीवन बीमा र मुचुअल फन्ड समूहको उपसूचक धनात्मक भएका छन् भने फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, निर्जीवन बीमा, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार