Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • क्यानडाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

    क्यानडाविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 501
    SHARES

    काठमाडौं । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

    बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा क्याडनाविरूद्धको पहिलो एकदिवसीय खेलमा कुशलले अर्धशतक प्रहार गरेका हुन्।



    टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि उनले ४४ बलमा अर्धशतक पूरा गर्ने क्रममा ८ चौका र १ छक्का प्रहार गरे।



    उनले अर्धशतक हिर्काउँदा नेपालले १३.४ ओभरमा १ विकेटको क्षतिमा ७१ रन जोडेको स्थिति थियो।

    कुशलले एकदिवसीय खेलमा ४७ खेलमा एक हजार रन पूरा गरिसकेका छन् भने एक शतक प्रहार गरेका छन्।

    उनका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए। दशौं ओभरमा आउट भएका उनले १२ बलमा १ चौका हिर्काए।

    यस्तै कुशलले अर्धशतक प्रहार गरे लगत्तै कप्तान रोहित पौडेल पनि ८ रनमै आउट हुँदा नेपालले दोस्रो विकेट गुमाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार