Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कांग्रेस महासमितिको बैठकका लागि आर्थिक उपसमितिमा संयोजक र सदस्य चयन

    कांग्रेस महासमितिको बैठकका लागि आर्थिक उपसमितिमा संयोजक र सदस्य चयन

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 519
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिको बैठक तयारीका लागि आर्थिक उपसमितिमा संयोजक र सदस्यहरू चयन गरेका छन् ।

    आगामी फागुन ७ गते प्रारम्भ हुने पार्टीको महासमितिको बैठक तयारी गर्न सभापति देउवाले संयोजक र सदस्यहरू चयन गरेका हुन् ।



    महासमितिको बैठक तयारीको मूल समितिका संयोजक उनले आज ुआर्थिक उपसमितिु को संयोजकमा पार्टीका केन्द्रीय सदस्य अनिलकुमार रुङ्गटा तथा सदस्यहरूमा केन्द्रीय सदस्यद्वय उमेश श्रेष्ठ र मोहन आचार्य, बागमती प्रदेशका सभापति इन्द्रबहादुर वानियाँ र सङ्खुवासभा कांग्रेसका सभापति दीपक खड्कालाई मनोनयन गरेका हुन् ।



    सभापति देउवाले महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी उपसमितिले कुशलतापूर्वक निर्वाह गर्ने विश्वास लिएको उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार