Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बलम्बु गोली काण्ड : डीएसपीको नेतृत्वमा छानविन समिति गठन

    बलम्बु गोली काण्ड : डीएसपीको नेतृत्वमा छानविन समिति गठन

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा गोली चलेको प्रकरणबारे छानविन गर्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ ।

    ड्युटी सकेर कार्यालय फर्किएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले पेस्तोल परीक्षण गर्दा आइतबार साँझ एक राउन्ड गोली फायर भएको थियो ।



    सोही प्रकरणमा डीएसपी गंगा पौडेलको नेतृत्वमा छानविन समिति गठन गरिएको हो । समितिमा अन्य दुईजना सदस्य छन् । इन्स्पेक्टर श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर तानेर छानविन थालिएको छ ।



    आइतबार साँझ कार्यालयभित्रै उनले नै बोकेको पेस्तोलबाट गोली चलेपछि परिसरमा नै तानेर छानविन थालिएको हो । भुँइमा लागेको गोली उछिट्टिएर इन्स्पेक्टर श्रेष्ठकै बडिगार्ड र एक सेवाग्राहीको खुट्टामा लागेको थियो ।

    घाइते सेवाग्राही आइतबार नै डिस्चार्ज भइसकेका छन् । बडिगार्डको भने चन्द्रागिरिकै मिड प्वाइन्ट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार