Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बलम्बु गोली प्रकरण : इन्स्पेक्टर श्रेष्ठलाई कारबाही सिफारिस

    बलम्बु गोली प्रकरण : इन्स्पेक्टर श्रेष्ठलाई कारबाही सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 5.3K
    SHARES

    काठमाडौं । प्रहरी प्रभाग, बलम्बुका प्रमुख तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठमाथि कारबाही सिफारिस भएको छ ।

    प्रहरी कार्यालयभित्रै गोली चलेको घटनामा छानबिन गर्न गठित समितिले श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो । समितिले प्रतिवेदन बुझाउँदै श्रेष्ठबाट लापरबाही भएको औंल्याएको छ ।



    बलम्बुमा ६ फागुनमा प्रहरी कार्यालयभित्रै श्रेष्ठको ९ एमएमको पेस्तोल एक्कासी पड्किँदा सुरक्षागार्ड र एकजना सर्वसाधारण घाइते भएका थिए ।



    उक्त घटना छानबिनका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंले डीएसपी गंगा पौडेलको नेतृत्वमा समिति बनाएको थियो । घटनालगत्तै इन्सपेक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा तानेर छानविन अगाडि बढाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार