Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बलम्बु गोली काण्ड : इन्स्पेक्टर श्रेष्ठलाई परिसर तानियो, छानबिन सुरु

    बलम्बु गोली काण्ड : इन्स्पेक्टर श्रेष्ठलाई परिसर तानियो, छानबिन सुरु

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । काठमाडौंको बलम्बु प्रहरी प्रभागभित्रै आइतबार साँझ अचानक गोली पड्किएको घटनामा इन्सपेक्टरविरुद्ध छानबिन सुरु भएको छ ।

    आफ्नो ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका बेला गोली चलेपछि इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ छानबिनमा तानिएका हुन् । जिन्सी शाखामा हतियार बुझाउन लाग्दा पेस्तोलबाट एक राउण्ड गोली चलेको थियो ।



    त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा तानेर आन्तरिक छानबिन सुरु भएको बताइएको छ । उनको पेस्तोलबाट चलेको गोलीले उनका ‘बडीगार्ड’ घाइते र एकजना सेवाग्राही सामान्य घाइते भएका छन् ।



    उनीहरु दुवैको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । यस्तै गत माघ २५ गते बलम्बु प्रभागको भ्यानबाट खसेर सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको थियो । सो घटनाको पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार