Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नागरिकस्तरमा निराशा बढ्दो, आवश्यकताको सही सम्बोधन हुन सकेन : उपसभापति खड्का

    नागरिकस्तरमा निराशा बढ्दो, आवश्यकताको सही सम्बोधन हुन सकेन : उपसभापति खड्का

    अनलाइन नेपाल
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 330
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा नीति प्रस्ताव पेस भएको छ । सोमबार उद्धघाटन भई आज सुरु भएको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका हुन् ।

    उपसभापति खड्काले केन्द्रीय सदस्यहरूका सुझाव समेटेर अन्तिम रूप दिएका नीति प्रस्तावलाई महासमितिमा पेस गरेका हुन् । उक्त प्रस्ताव गत बिहीबार केन्द्रीय समितिमा पनि पेश गरेका थिए ।



    उनले नीति प्रस्तावमा नागरिकस्तरमा निराशा बढ्दो रहेको उल्लेख गरेका छन्। आम नागरिकका अपेक्षा र देशको आवश्यकताको सही सम्बोधन हुन नसकेको कांग्रेसको दाबी छ।



    ‘विविध विषम परिस्थिति तथा चुनौतीहरूका कारण नागरिकस्तरमा निराशा बढ्दो छ। द्वन्द्वग्रस्त अवस्थामा पुगेको मुलुकलाई नेपाली कांग्रेसले सम्हाल्दै सबै शक्तिलाई विश्वासमा लिई निकास दिएर मूलबाटोमा त फर्काएको छ तर पनि अझै शान्ति प्रक्रियाका कतिपय काम बाँकी छन्। जनआन्दोलनपछिको करिब १८ वर्षको अवधिमा देशले विकास, समुन्नति तथा आर्थिक बृद्धिमा धेरै काम गरिसक्नुपर्ने थियो ’नीति प्रतिवेदनमा भनिएको छ।

    देशमा द्रुत आर्थिक विकासको अभाव रहेको कांग्रेसको ठहर छ। महासमिति बैठकमा मंगलबार कुल पाँच वटा प्रतिवेदन पेस हुनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार