Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आगलागीमा परी चार वर्षीय बालकको मृत्यु

    आगलागीमा परी चार वर्षीय बालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 600
    SHARES

    फाइल फोटो

    झापा । झापामा आगलागीमा परी एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा झापा गाउँपालिका–४ भानटोली निवासी इनाम हुसेन शेखको ४ वर्षीय छोरा अपित हुसेन रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घर नजिकै रहेको परालको कन्यूमा अचानक आगो लागेको र सोही आगो घरमा सल्किएर हुसेनको मृत्यु भएको हो ।



    आगलागीमा परी बालकको मृत्यु भएसँगै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मिलन केसी सहितको टोली घटनास्थल पुगेको र अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार