Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कम्पनी रजिष्टार कार्यालयमा अनियमिततै अनियमितता

    कम्पनी रजिष्टार कार्यालयमा अनियमिततै अनियमितता

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 12.9K
    SHARES

    काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्टार कार्यालय र उद्योग बिभागमा घुसखोरीले सीमा नाघेको छ ।

    उद्योग मन्त्री रमेश रिजाल र उनको सचिवालयका कर्मचारीको संरक्षणमा नै अनियमितता बढेको हो । कम्पनी रजिष्टार कार्यालयमा काम लिएर जाने सेवाग्राहीहरुलाई कर्मचारीले एकै दिन हुने काम पनि १५ दिनसम्म धाउन बाध्य बनाउने गरेका छन् । बिचौलियामार्फत् घुस दिए तत्कालै काम हुने गरेको छ ।



    कम्पनी रजिष्टार दीपक पहाडीसँग गुनासो राख्दा पनि सुनुवाइ हुन नसकेको सेवाग्राहीको भनाइ छ ।
    यसैबीच, म्पनी रजिष्टार कार्यालयबाट उपसचिवद्वय उत्तम ढकाल र कृष्णप्रसाद सापकोटा गृहमन्त्रालयमा सरुवा भएका छन् ।



    उद्योग मन्त्रालयले प्रकाश आचार्यलाई रजिष्टार कार्यालयमा पठाएको छ । उद्योग मन्त्रालयबाट ६ महिनाअघि नै कम्पनीमा गएका घनश्याम न्यौपाने उक्त कार्यालयका हर्ताकर्ता जस्तै भएका छन् ।

    उद्योग विभागको ट्रेडमार्क र महत्वपूर्ण अनुमति शाखामा बसेर उद्योगीहरुबाट अकूत लाभ लिएका न्यौपानेको मन्त्रालयमा सरुवा भए पनि केही समयपछि उनी सचिवलाई प्रभावमा पारी कम्पनीमा फर्किएका हुन् ।

    उद्योग विभाग, मन्त्रालय र कम्पनीको फन्को लगाइरहेका न्यौपाने दैनिक रुपमा फाइलको संख्याको टिपोट बनाई साँझ अधिकृत र नासुहरुसँग खनखनी लिने कर्मचारीका रुपमा चिनिन्थे । सामान्य प्रशासन मन्त्रालयले अरु उपसचिवहरुलाई स्थानीय तह, आयोगहरु र दुर्गममा सरुवा गर्ने गरेको छ । तर न्यौपानेको सामान्य प्रशासन मन्त्रालयको नियम लागू हुनसकेको छैन । उनी उद्योग परिसरमै फनफनी घुमिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार