Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एक फाइलको एक हजार ‘घुस’, बिचौलियाको तत्काल पालो

    एक फाइलको एक हजार ‘घुस’, बिचौलियाको तत्काल पालो

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 846
    SHARES

    काठमाडौं । करिब ३ लाखबढी कम्पनीहरूको नियमन, अद्यावधिकदेखि नयाँ कम्पनी दर्तासम्मको काम हुने कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर घुस लिने दिने थलो बन्न पुगेको छ ।

    कम्पनी रजिस्टर्डको कार्यालय त्रिपुरेश्वरमा कुनै पनि सामान्य काम सम्पन्न गर्न पनि कर्मचारीलाई कमिसन बुझाउनुपर्ने बाध्यता रहेको छ । कर्मचारीलाई अतिरिक्त शुल्क ‘घुस’ बुझाउने बिचौलियाको क्षणभरमा नै काम हुने गरेको छ भने अतिरिक्त शुल्क नबुझाउनेले एक सातापछि मात्रै पालो पाउने गरेका छन् ।



    एक सातापछि पालो पाए पनि एक ठाउँबाट अर्को ठाउँमा फाइल अघि बढाउन दिन बिराएर मात्रै काम गर्ने गरेका समेत पाइएको छ । तर, बिचौलियाको भने एकै दिनमा काम हुने गरेको छ ।



    अंग्रेजी अक्षर ‘एच’बाट आउने एउटा कम्पनीको एक वर्षको अद्यावधिकका लागि २४ चैत २०७९ मै टिप्पणी उठेकामा ५ वैशाखमा मात्रै पत्र बनेको छ । सोही फाँटमा बिचौलियामार्फत गएको अर्को फाइलको भने दुई दिनमै काम सम्पन्न भएको पाइएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार