Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

    संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 354
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन नभए आगामी बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

    प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।



    अध्यक्ष लिङ्देनले बालुकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनासँगै मिटरब्याज र लघुवित्त पीडित, दुग्य उत्पादक किसानको भुक्तानीको मुद्दा संसदमा निरन्तर उठेको बताए ।



    तर सरकारले सुनेर पनि नसुनेको, देखेर पनि नदेखेको जसरी बसेको भन्दै अध्यक्ष लिङ्देनले भने, ‘सरकारले मिटरब्याज र लघुवित्त पीडित, दुग्य उत्पादक किसानको विषयमा आउने बैठकभित्र ठोस सम्बोधन गरेन भने राप्रपाले आउने बैठकबाट संसद अवरुद्ध गर्छ ।’

    देशमा कस्तो न्याय व्यवस्था छ भन्ने अहिले सडकमा देखिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार