Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • निर्वाचन आयोगलाई रेशमको जवाफ – मेरो मुद्धा नैतिक पतन देखिने फौजदारी कसुरमा पर्दैन

    निर्वाचन आयोगलाई रेशमको जवाफ – मेरो मुद्धा नैतिक पतन देखिने फौजदारी कसुरमा पर्दैन

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 504
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचन आयोगले सोधेको पाँच प्रश्नको जवाफ बुझाएका छन् ।

    नागरिक उन्मुक्ति पार्टीले माघ २९ गते नयाँ केन्द्रीय कार्यसमितिको अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । निवेदन परेपछि आयोगले फागुन ९ गते नागरिक उन्मुक्ति पार्टी र रेशम चौधरीलाई छुट्टाछुट्टै पत्र काटेको थियो ।



    उनले मंगलबार आयोगको कार्यालय पुगेर पाँच प्रश्नको जवाफ बुझाएका हुन् । आफूविरुद्धको मुद्दा नैतिक पतनभित्र नपर्ने उनको दाबी छ ।



    कर्तव्य ज्यान फौजदारी अपराध भए पनि फौजदारी अपराध र नैतिक पतन देखिने फौजदारी अपराध पर्यायवाची नभएको उनले दाबी गरेका छन्।

    अध्यक्ष चौधरीले आफ्नो मुद्दामा जिल्ला, उच्च र सर्वोच्च अदालतसमेतले नैतिक पतन भनि कुनै जिकीर नगरेको उल्लेख गरेका छन् । उनले नेपालको कुनै पनि कानुनले कर्तव्य ज्यानलाई नैतिक पतनभित्र नराखेकोले आफ्नो मुद्दा नैतिक पतनअन्तर्गत नपर्ने दाबी गरेका छन् ।

    गत पुस २६-२८ सम्म कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनबाट रेशम चौधरी अध्यक्ष निर्वाचित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार