Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • लेबनानलाई हराउँदै नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा

    लेबनानलाई हराउँदै नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 654
    SHARES

    काठमाडौं । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

    गएराति लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।



    साउदी अरेबियामा जारी प्रतियोगितामा हिजो पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले इन्ज्युरी समयमा प्रिती राईको गोलमा २–१ को पुनरागमन जित दर्ता गरेको हो ।



    खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । त्यसअघि खेलको ७६ औँ मिनेटमा सावित्रा भण्डारीले साम्बाले गोल गरेकी हुन् ।

    पहिलो हाफको ३८औँ मिनेटमै लेबनानको गोल भएको थियो । नेपालले अब भोलि उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार