Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • वाफ महिला च्याम्पियनसिप

    पहिलो हाफमा जोर्डनमाथि नेपालको अग्रता, सविताले गरिन् गोल

    पहिलो हाफमा जोर्डनमाथि नेपालको अग्रता, सविताले गरिन् गोल

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध पहिलो हाफमा नेपालले १-० गोलको अग्रता बनाएको छ ।

    साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी हुन् ।



    २९औं मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।



    प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम–४ मा लेबनानलाई हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार