Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • धनगढीको नवजीवन अस्पतालले सुरु गर्‍यो विपन्नका लागि निःशुल्क डायलाइसिस सेवा

    धनगढीको नवजीवन अस्पतालले सुरु गर्‍यो विपन्नका लागि निःशुल्क डायलाइसिस सेवा

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 900
    SHARES

    कैलाली । कैलालीमा सञ्चालित नवजीवन अस्पताल स्थापनाको १८औँ वर्ष पूरा भएको छ । जिल्लाको धनगढी– ४ उत्तर बेहडीमा २०६२ साल फागुन १७ गते निजी स्तरको लगानीबाट स्थापना भएको अस्पतालले १८औँ वर्ष पूरा गरेको हो ।

    निजी क्षेत्रको प्रदेशकै पहिलो अस्पताल नवजीवनले विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । १५ शय्याबाट सुरु भएको नवजीवनले २०६८ सालमा स्वास्थ्य सेवा विभागबाट ५० शय्या सञ्चालनको अनुमति पाएको थियो भने २०७९ असोजदेखि एक सय शय्याबाट उपचार सेवा प्रदान गरिरहेको छ ।



    हाल एक सय शय्या क्षमतामा उपचार प्रदान गरिरहेको अस्पताललाई निकट भविष्यमै दुई सय शय्या क्षमतामा चलाउने योजना रहेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विदुरमणि ढकालले जानकारी दिए ।



    निजी लगानीबाट सञ्चालित नवजीवन अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल सरकारसँगको सहकार्यमा विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

    अस्पतालले आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम क्षयरोगका बिरामीको निःशुल्क औषधि वितरण लगायतको उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ ।

    नवजीवन अस्पतालबाट पछिल्लो एक वर्षमा ५२ हजार ६ सय ३७ बिरामीले सेवा लिएको अस्पतालको तथ्याङ्क छ । यस्तै नवजीवन अस्पतालले आजबाट डायलाइसिस सेवा निःशुल्क प्रदान गरेको छ ।

    अस्पतालबाट विपन्न बिरामीलाई नेपाल सरकारबाट शुल्क सोधभर्ना हुने गरी निःशुल्क डायलाइसिस् सेवा प्रदान गरिएको जनाएको छ । यस्तै अस्पतालले १८औँ वार्षिकोत्सवका अवसरमा रक्तदान, बिरामीलाई फलफूल वितरण लगायतका विभिन्न कार्यक्रम गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार