Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हुथी विद्रोहीको आक्रमणमा परेको दुई हप्तापछि बेलायती जहाज डुब्यो

    हुथी विद्रोहीको आक्रमणमा परेको दुई हप्तापछि बेलायती जहाज डुब्यो

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 852
    SHARES

    एजेन्सी । बेलायतमा दर्ता भएको एउटा मालवाहक जहाज एडनको खाडीमा डुबेको छ । हुथी विद्रोहीको आक्रमणमा परेको दुई हप्तापछि सो जहाज डुबेको हो ।

    यमनको सरकारका अनुसार रुबीमार नाम गरेको जहाजमा बिस्तारै पानी भरिएर डुब्न पुगेको हो ।



    प्यालेस्टाइनमा इजरायलले गरेको आक्रमणको विरोधमा लाल सागरमा इरान समर्थित विद्रोहीको मालवाहक जहाजलाई निशाना बनाउँदै आइरहेको छ ।



    विद्रोहीहरूको आक्रमणमा परेर डुबेको रुबीमार पहिलो जहाज हो । जहाजले रासायनिक मलहरू बोकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार