Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल पुनर्गठन, थपिए तीन मन्त्री

    सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल पुनर्गठन, थपिए तीन मन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।

    प्रदेश सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई समेट्दै मुख्यमन्त्री शाहले एक जना विना विभागीयसहित तीन मन्त्री थप गर्दै आज मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।



    नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सोही पार्टीका सांसद इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।



    त्यस्तै खुशीराम चौधरीलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । शुक्रबारै प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार