Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न कांग्रेस सभापति देउवाले बोलाए बैठक

    राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न कांग्रेस सभापति देउवाले बोलाए बैठक

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 336
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

    सभापति देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे दलको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।



    बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीका सन्दर्भमा छलफल हुनेछ।संसदीय दल कार्यसमितिले पूर्णता भने पाएको छैन ।



    संसदीय दलको कार्यसमितिमा हाल सभापति शेरबहादुर देउवा, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक छन्।

    सभापति देउवाले संसदीय दलको कार्यसमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्कालाई पनि सहभागी गराउँदै आएका छन् ।

    आइतबार हुने बैठकमा राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौला पनि सहभागी हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार