Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कांग्रेस र एमाले एकै ठाउँमा बसेर राजनीतिक फोहोर सफा गर्नुपर्छ : गगन थापा

    कांग्रेस र एमाले एकै ठाउँमा बसेर राजनीतिक फोहोर सफा गर्नुपर्छ : गगन थापा

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 699
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमाले मिलेर राजनीतिक फोहोर सफा गर्नुपर्ने बताएका छन् ।

    ललितपुरको गोदावरी नगरपालिकाको ८ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले भने,‘सबैको प्रतिनिधित्व भएन भनेर मिश्रित निर्वाचन प्रणाली बनायौं । पहलेभन्दा विभन्न जातजाति, भूगोल र क्षेत्रका मानिसलाई ल्याउन यो प्रणालीमा गयौं । तर नेताहरूले घर परिवारका मात्रै होइन दलकै समेत दुरुपयोग गरेका छन् । अब विस्तारै यो अनुभवबाट नेपालका मुख्य दलले सिक्नुपर्छ । एकले अर्कोलाई बोक्ने राजनीतिको भ्रष्टीकारलाई रोक्नुपर्छ ।  हाम्रो राजनीतिक सफा भएन भने राजनीतिलाई शुद्ध र परिणाामुखी बनाउन सकिएन भने समय खेर जान्छ । कांग्रेस, एमालेले धोका खाएकाले छलफलको ठाउँमा पुगे भन्ने लाग्छ । एक ठाउँमा बसेर अब राजनीतिक फोहोरलाई सफाइ गरौं भन्ने ठाउँमा पुगौं ।’



    महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणालीका नाममा दलहरूले राजनीतिक भ्रष्टीकरणलाई जोड दिएको भन्दै कांग्रेस र एमालेले फोहोरलाई सफा गर्नुपर्ने बताए ।

    उनले प्रतिनिधित्व गराउन बनाइएको समावेशी राजनीतिलाई दलका नेताहरूले दुरुपयोग गरेर फोहोर बनाएको भन्दै सफा गर्न एक ठाउँमा उभिनुपर्ने बताए।

    प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर, वडाध्यक्ष सबैले युद्धको बेला जस्तो काम गर्नुपर्नेमा सबैको उर्जा, सरकार बनाउने र ढाल्ने खेलमा लाग्नु चिन्ताको विषय भएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार