Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

    राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 270
    SHARES

    महोत्तरी । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन् ।

    विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी पुगेका राष्ट्रपति पौडेलले बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हन् ।



    राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराए।



    उनले मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गरेका थिए ।

    यसअघि राष्ट्रपति पौडेलले आज बिहान महोत्तरीको पिपरामा लोकतान्त्रिक आन्दोलनका योद्वा रामनारायण मिश्रको शालिकमा माल्यार्पण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार