Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • वामपन्थी शक्तिबीच सहकार्यका लागि नयाँ समीकरण बनाएका हौं : प्रधानमन्त्री प्रचण्ड

    वामपन्थी शक्तिबीच सहकार्यका लागि नयाँ समीकरण बनाएका हौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 561
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् ।

    आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले भने, “कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।”



    यस्तै पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने प्रधानमन्त्री प्रचण्डले बताए । गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको पनि उनले जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार