Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पोखरा पुगेर प्रधानमन्त्री प्रचण्डले भने – गण्डकीमा माओवादीले नेतृत्व लिने सम्भावना छ

    पोखरा पुगेर प्रधानमन्त्री प्रचण्डले भने – गण्डकीमा माओवादीले नेतृत्व लिने सम्भावना छ

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 384
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको बताएका छन् ।

    आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।



    ‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौ,’ प्रधानमन्त्री दाहालले भने ।



    यसैगरी उनले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार