Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आईपीएलमा चेन्नाइको विजयी सुरुवात, बैंगलुरू ६ विकेटले पराजित

    आईपीएलमा चेन्नाइको विजयी सुरुवात, बैंगलुरू ६ विकेटले पराजित

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 816
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ।

    गएराति चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरूलाई ६ विकेटले पराजित गरेको हो। जितका लागि एक सय ७४ रनको लक्ष्य पाएको चेन्नईले १८ ओभर चार बलमा चार विकेट गुमाउँदै भेट्टायो ।



    चेन्नईको जितमा ओपनरद्वय रुतुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए । त्यस्तै अजिङ्क्य रहाणेले २७, ड्याल मिचेलले २२ रन जोडे ।



    शिवम दुवे ३४ र रविन्द्र जडेजाले २५ रनमा अविजित रहे । बैंग्लुरुका क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक विकेट लिए ।

    त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७३ रन बनाएको थियो । बैंग्लुरुका अनुज रावत सर्वाधिक ४८ रनमा आउट भए । कप्तान फ्याप डु प्लेसिसले ३५ रन र विराट कोहलीले २१ रन बनाए ।

    दिनेश कार्तिक २८ रनमा अविजित रहे । क्यामरुन ग्रीनले १८ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए । चेन्नईका मुस्तफिजुर रहमानले चार विकेट तथा दीपक चहरले एक विकेट लिए । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार