Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा

    होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 375
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको बताएका छन् ।

    होलीको पावन अवसरमा सभापति देउवाले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभ–कामना व्यक्त गर्दै यस्ताएका हुन् ।



    उनले होलीले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गरे ।



    ‘फागु पर्व ९होली० मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको छ । यही विविधता बिचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ,’ उनले भनेका छन्, ‘फागु पर्व (होली) हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको छ ।’

    होली पर्व, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार