Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चीनतर्फको निर्यातमा सुधार

    चीनतर्फको निर्यातमा सुधार

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 306
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरोना सङ्क्रमणका कारण घटेको चीनसँगको निर्यात व्यापारमा क्रमिक सुधार आउन थालेको छ । सुरक्षाको कारण देखाउँदै नेपालसँग जोडिएका भन्सार नाकासमेत लामो समय बन्द हुँदा नेपालबाट सोझै चीनतर्फ हुने निर्यात प्रभावित भएको थियो ।

    यद्यपि कोरोना सङ्क्रमणको असर कम हुन थालेपछि भन्सार नाकासमेत नियमित सञ्चालनमा आएपछि निर्यातमा उल्लेख्य सुधार देखिन थालेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।



    विभागका अनुसार चालु आर्थिक वर्ष आठ महिनासम्म (साउन–फागुन_ मा नेपालले चीनतर्फ एक अर्ब ९५ करोड रुपियाँको वस्तु निर्यात गरेको छ ।



    यो २०७९ को सोही अवधिसम्मको तुलनामा करिब चार गुणाले बढी हो । गत वर्ष फागुनसम्म नेपालले ५१ करोड रुपियाँको वस्तु चीनमा निर्यात गरेको थियो ।

    एकै वर्षको अन्तरमा चीनतर्फको निर्यातमा उच्चतम सुधार देखिएको विभागकै तथ्याङ्कले पुष्टि गर्छ । विभागका अनुसार फागुनसम्म चीनमा सबैभन्दा धेरै ३१ करोड २२ लाख रुपियाँको गलैँचा निर्यात भएको छ ।

    त्यसपछि टेबल तथा भान्साका लागि उपयोगी वस्तुहरू २५ करोड ३७ लाख रुपियाँको निर्यात भएको छ । नेपाली यार्सागुम्बाको सबैभन्दा ठुलो बजारसमेत रहेको चीनमा फागुनसम्म २२ करोड ८७ लाख रुपियाँको उक्त जडीबुटी निर्यात भएको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार