Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • आठ महिनामा एक खर्बको निर्यात

    आठ महिनामा एक खर्बको निर्यात

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 321
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेपालले आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ ।

    समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा पनि वस्तु निर्यात एक खर्ब नाघेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।



    विभागका अनुसार फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपियाँको वस्तु निर्यात गरेको हो । यो गत आवको सोही महिनासम्मको तुलनामा भने करिब चार प्रतिशतले कम हो ।



    गत फागुनसम्म नेपालले एक खर्ब चार अर्ब ४७ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो । फागुनसम्म नेपालले सबैभन्दा धेरै करिब सात अर्ब रुपियाँको गलैँचा निर्यात गरेको छ ।

    त्यसपछि पाँच अर्ब १७ करोड रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । फलामे छड निर्यातमा प्राप्त हुने नगद अनुदान बढाइँदा त्यसको निर्यात पनि उल्लेख्य बढेको देखिन्छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार