Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयरल्याण्डविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

    आयरल्याण्डविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 378
    SHARES

    काठमाडौं । नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्याण्ड वल्भ्सविवरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएको छ ।

    टीयू क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।



    नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव, अनिल कुमार शाह र आकाश चन्दलाई बेन्चमा राखेको छ ।



    नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।

    नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

    आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् ।

    सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार