Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भिसा सकिएपछि पनि नेपाल बसिरहेका ५ जना बंगलादेशी नागरिक पक्राउ

    भिसा सकिएपछि पनि नेपाल बसिरहेका ५ जना बंगलादेशी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 339
    SHARES

    काठमाडौं । भिसाको अवधि सकिएपछि पनि नेपाल बसिरहेका ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा २६ वर्षीय एमडी रिफात अहमद, २३ वर्षीय एमडी अब्दुलला, ४५ वर्षीय समसुल होडा, ३० वर्षीय अब्दुस विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा रहेका छन् ।



    बंगलादेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैराकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।



    उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार