Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पराराष्ट्रमन्त्री श्रेष्ठ र विदेशीमन्त्री यीबीच बेइजिङमा भेटवार्ता हुँदै, बीआरआईबारे छलफल हुने

    पराराष्ट्रमन्त्री श्रेष्ठ र विदेशीमन्त्री यीबीच बेइजिङमा भेटवार्ता हुँदै, बीआरआईबारे छलफल हुने

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 393
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज चिनियाँ विदेशीमन्त्री वाङ यीसँग भेटवार्ता गर्दैछन् ।

    विदेशमन्त्री वाङ यीको निम्तोमा एक साता लामो चीन भ्रमणका लागि सोमबार बिहान बेइजिङ पुगेका श्रेष्ठले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्न लागेका हुन् ।



    विदेशमन्त्री वाङ यीसँगको भेटमा यसअघि नेपालसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा र चीनको विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ ।



    यस्तै इजिङस्थित नेपाल दूतावासका अनुसार छलफल यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सम्झौताका बुँदाहरूमा समेत छलफल हुनेछ ।

    यसअघि, सोमबार परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य वाङ हुनिङसँग भेटवार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार