Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गृहमन्त्री लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    गृहमन्त्री लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 672
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको हो ।

    मंगलवार दिउँसो १ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा राजदूत श्रीवास्तवले मन्त्री लामिछानेसँग भेट गरेका हुन् ।



    गृह मन्त्रालयको सचिवालयका अनुसार भेटघाटमा दुई देशको ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताको आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, वृहत् र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको थियो ।



    भेटघाटमा दुवै देशबीच रहेको खुला सीमाबीच सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय हुँदा सीमापार अपराध नियन्त्रणमा रहेकोमा दुबै पक्ष सहमत रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार